समाज


बस र मोटरसाइकल जुध्दा मृत्यु

बस र मोटरसाइकल जुध्दा मृत्यु

नेपालखबर
असार २९, २०७६ आइतबार ९:३४,

बाँसगढी नपा– ३ उत्तर भकारीस्थित महेन्द्र राजमार्गमा बस र मोटरसाइकल आपसमा जुध्दा मोटरसाइकलमा सवार एकको उपचारका क्रममा मृत्यु भएको छ।

बाँसगढी नगरपालिका–३ उत्तर भकारीका ३१ वर्षीय संरचना थारुले चलाएको भे१ख २८३६ नंको बसले नपा–४ बछुवाका ४५ वर्षीय छोट्राम चौधरीले चलाएको भे४प ७८४ नंको मोटरसाइकललाई ठक्कर दिँदा उहाँको टाउकामा ठूलो चोट लागेकाले उपचारका लागि कोहलपुरस्थित मेडिकल कलेजमा पुर्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए।

अहिले उत्त बस र चालक थारुलाई प्रहरीको नियन्त्रण लिएर अनुसन्धान थालिएको उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad