रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ को सोतीमा भएको घटनाको छानबिन गर्न सरकारले गठन गरेको छानबिन समितिले पनि प्रतिवेदन बुझाएको छ।
गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले समितिले प्रतिवेदन बुझाएको जानकारी दिँदै दोषीलाई कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेको नेपालखबरलाई जानकारी दिए।
सोही वडाका वडाध्यक्ष समेत घटनामा मुख्य दोषी देखिएको गृहको छानबिन समितिको ठहर छ। समितिले वडाध्यक्षले गाउँलेहरुलाई जुटाएको, गोइरी औलका व्यक्तिहरुलाई समेत गलत सूचना दिएर बाटो छेक्न लगाएको गृहले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ।
घटनाको विस्तृत छानबिन तथा अनुसन्धानपश्चात् कारबाही प्रक्रिया अगाडि बढेको गृहले जनाएको छ। आइतबार प्रहरीले ३४ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ।
घटनाको छानविनका लागि गृह मन्त्रालयले मन्त्रलयका सहसचिवको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत प्रतिनिधि, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत प्रतिनिधि र गृह मन्त्रालयका उपसचिव रहने गरी छानबिन समिति गठन गरेको थियो।




प्रतिक्रिया