प्रदेश २ मा पछिल्लो २४ घण्टामा १७१ जना कोरोना संक्रमित थपिएका छन्।
रौतहटमा ९८ जना, सर्लाहीमा ४३, महोत्तरीमा ३० जना, पर्सामा १० जना, सिराहमा ४ जना, धनुषामा ४ जना र बारामा २ जनामा सोमबार पुष्टि भएको हो । भेटिएका संक्रमित मध्ये ५ जना महिला छन्।
यससंगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ हजार १८५ पुगेको छ।
यस्तै हालसम्म ४७८ जना उपचार पश्चात कोरोनाबाट निकाे भएर डिस्चार्ज भएको प्रदेश २ को समाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए।

प्रतिक्रिया