अमेरिकी सेनाको एक लडाकु विमान दुर्घटनाग्रस्त भएको छ। इंग्ल्यान्डको उत्तरपूर्वमा पर्ने समुद्रमा सोमबार अमेरिकी वायुसेनाको एफ–१५ विमान दुर्घटनाग्रस्त भएको हो।
विमानका चालकको अवस्था अज्ञात रहेको बताइएको छ।
अमेरिकी वायुसेनाले विमानमा एक मात्र पाइलट रहेको जानकारी दिएको छ।
विमान र पाइलटको खोजीका लागि उद्धार टोली खटाइएको छ। एजेन्सी

प्रतिक्रिया