गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
तनहुँ र नवलपरासीमा गरी थप ६ जना पुरुषमा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या दुई सय पाँच पुगेको छ।
तनहुँको घिरिङ गाँउपालिकाका ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालका निर्देशक डा.विनोद विक्रम शर्माले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। तनहुँका पाँच संक्रमितलाई स्थानीय जीपी कोइराला श्वासप्रश्वास केन्द्रको आइसोलेसनमा राख्ने तयारी भइरहेको छ।
त्यसैगरी पूर्वी नवलपरासीको बौदिकाली गाँउपालिकाका एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशका संक्रमितमध्ये २० जना निको भएर घर फर्किएका छन्। एक संक्रमितको मृत्यु भएको छ।
थप जानकारीको लागि हेर्नुस् प्रेस विज्ञप्ति :
Shares
प्रतिक्रिया