ad ad

समाज


मोटरसाइकलमा पनि जोर–बिजोर प्रणाली, आज कुनको पालो?

मोटरसाइकलमा पनि जोर–बिजोर प्रणाली, आज कुनको पालो?

नेपालखबर
असार १, २०७७ सोमबार २:५७,

लकडाउन केही खुकुलो पार्ने क्रममा सरकारले जोर–बिजोर नम्बरका आधारमा निजी सवारीसाधन सञ्चालन गर्न दिएकामा आज (सोमबार) देखि यो नियम मोटरसाइकलमा पनि लागू भएको छ।

यसअघि चारपांग्रे गाडीलाई जोर बिजोर लागू गरिए पनि मोटरसाइकलमा गर्ने कि नगर्ने भन्ने द्विविधा थियो। तर पुनः ट्राफिक प्रहरीलाई मोटरसाइकलमा पनि जोर–बिजोर लागू गर्नुपर्नेसहितको स्पष्ट निर्देशन आइसकेकाले आजदेखि यो नियम लागू गरिएको काठमाडौं महानगरीय ट्राफिक प्रहरीका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए।

‘आजदेखि मोटरसाइकलमा पनि यो नियम लागू गरिएको छ,’ सोमबार बिहान प्रवक्ता श्रेष्ठले नेपालखबरसँग भने।

जोर गते जोर र बिजोर गते बिजोर नम्बरका मोटरसाइकलसहितका निजी सवारीसाधन सञ्चालन हुन पाउने ट्राफिक प्रहरीले जनाएकाे छ।  

यस आधारमा आज असार १ अर्थात् बिजाेर गते, बिजाेर नम्बरका मात्र निजी सवारीसाधन चलाउन पानइनेछ। अन्यथा कारबाही हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .