समाज


पर्वतमा पहिरो : मृत्यु हुनेको संख्या ५ पुग्यो, ४ अझै बेपत्ता (भिडियो पनि)

पर्वतमा पहिरो : मृत्यु हुनेको संख्या ५ पुग्यो, ४ अझै बेपत्ता (भिडियो पनि)

वाशुदेव मिश्र
जेठ ३२, २०७७ आइतबार २:४०,

पर्वतको कुश्मा नगरपालिका-३, दुर्लुङमा पहिरो जाँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ।

शनिबार रातिसम्म ३ जनाको मात्रै शव प्राप्त भएकोमा आइतबार बिहान थप २ जनाको शव भेटिएको स्थानीय गणेश गुरुङले जानकारी दिए।

उनका अनुसार पहिरोमा हराइरहेकी ७ वर्षीया प्रमिशा विकको शव पुरिएको अवस्थामा भर्खरै भेटिएकाे हाे। यसअघि उनकी आमा कमला विकको शव फेला परिसकेकाे छ। 

यसअघि पहिरोमा पुरिएर मृत्यु भएका ५२ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी र आठ वर्षीया नातिनी विविशाको शव भेटिएको थियो।

पहिरोमा पुरिएर चार जना अझै बेपत्ता छन्। उनीहरुकाे खाेजी भइरहेकाे उद्धारमा खटिएका गुरुङले बताए। उनले भने- जिउँदो भेटिने त कुनै सम्भावना नै छैन। 

parwat2

धेरै वर्ष पहिले गाउँमाथि मोटरबाटो बनाउँदा फालिएको माटोसहितको पहिरो आउँदा यो विपत्ति आइलागेको हो। पहिरोले गाउँका अन्य घरहरु पनि खतरामा परेका छन्।

भिडियाे: उद्धार जारी

 

याे पनि: पर्वतमा पहिरोले घर बगायो : ३ जनाको मृत्यु, ६ बेपत्ता, उद्धारकार्य जारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad