राजनीति


एमसीसीबारे निर्णय गर्न नेकपा सचिवालय बैठक आज अपराह्न बस्दै

एमसीसीबारे निर्णय गर्न नेकपा सचिवालय बैठक आज अपराह्न बस्दै

नेपालखबर
जेठ ३२, २०७७ आइतबार २:२९,

एमसीसीबारे निर्णय गर्न सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (आइतबार) बस्दै छ।

बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपराह्न बस्ने नेकपाका महासचिव विष्णु पौडेलले नेपालखबरलाई जानकारी दिए।

‘अरू एजेन्डा तय गरेका छैनौं, एमसीसीबारे छलफल हुन्छ,’ पौडेलले भने।

लामो समयदेखि एमसीसी पारित गर्न नहुने भन्दै नेकपाभित्र आवाज उठेको छ। यसअघि जेठ १७ गते नेकपा सचिवालय बैठक बसेको थियो।

पछिल्लो समय एमसीसीमा रहेका प्रावधान संशोधन नगरी कुनै हालतमा पारित नगर्ने अडान नेताहरूले लिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad