कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्वास्थ्य मन्त्रालयले मात्रै १ अर्ब ५८ करोड ५२ लाख खर्च गरेको छ।
मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले नियमित ब्रिफिङमा उक्त रकम खर्च भएको जनाएका हुन।
उनले हालसम्म स्वास्थ्य मन्त्रालयले कोरोना प्रतिकार्य तथा व्यवस्थापनका लागि २ अर्ब ७२ करोड २९ लाख रुपैयाँ निकासा प्राप्त गरेको बताउँदै हालसम्म १ अर्ब ५८ करोड ५२ लाख खर्च भएको जनाए।
विस्तृत विवरण नखुलाएका उनले अन्य विवरण मन्त्रालयसँग सुरक्षित रहेको बताए।
यो पनि: माइतिघरमा प्रदर्शन सुरु हुँदा बालुवाटारबाट १० अर्बको खर्च सार्वजनिक, यस्ताे छ विवरण

प्रतिक्रिया