सन् २०१९ को डिसेम्बरमा देखिएको कोरोना भाइरसबारे सुरुवातमा वेनलियाङले जानकारी दिँदा उनलाई ‘हल्लाबाज’ भनिएको थियो। प्रशासनले उनलाई जेलमै हाल्न खोजेको थियो।
फेब्रुअरी महिनामा कोरोना संक्रमणकै कारण वेनलियाङको मृत्यु भयो भने विश्व स्वास्थ्य संगठनले कोरोनालाई विश्वव्यापी महामारी घोषणा गरेको थियो।
हाल वेनलियाङको छोरा जन्मिएपछि उनकी श्रीमती फु सुजीले भावुक सन्देश लेखेकी छिन्। विच्याटमा छोराको फोटो सार्वजनिक गर्दै सुजीले भनेकी छिन् ‘श्रीमानबाट मलाई अन्तिम उपहार यो छोरा।’
हाल जन्मिएको छोरा उनीहरुको दोस्रो छोरा हो। सन्देशमा सुजीले भनेकी छिन्,‘श्रीमान, हाम्रो छोरा तपाइँले स्वर्गबाट देख्नु भयो? तपाइँले मलाई अन्तिम उपहार दिनुभयो। म छोराहरुलाई माया गर्छु, उनीहरुको रक्षा गर्नेछु।’
डाक्टर वेनलियाङको मृत्यु भएपछि आफ्ना जेठा छोरालाई सुजीले ‘तिम्रा बाबा विदेश गएका छन्’ भनेका थिए। बीबीसी
याे पनि :
कोरोनाबारे जानकारी दिने डाक्टरलाई पहिले 'हल्लाबाज' भनियो
कोरोनाबारे सबैभन्दा पहिले जानकारी दिने डाक्टरको पनि त्यसकै संक्रमणले मृत्यु

प्रतिक्रिया