समाज


लकडाउनले पशुपतिको आयमा १० करोड घाटा

लकडाउनले पशुपतिको आयमा १० करोड घाटा

नेपालखबर
जेठ ३१, २०७७ शनिबार ६:११,

लकडाउनको समयमा पशुपतिनाथ मन्दिरमा हुने आयमा १० करोड घाटा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

कोषले चालू आर्थिक वर्षमा अनुमान गरेको आयमा भेटी आम्दानीबाट एक करोड ५७ लाख आठ हजार सात सय ३०, विशेष पूजाबाट दुई करोड २५ लाख ७९ हजार पाँच सय जम्मा हुने अनुमान गरेको थियो ।

तर, बन्दाबन्दीकै कारण १० कारोड आम्दानी घटेको कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले जानकारी दिए।

थापाका अनुसार चन्दाबाट दुई लाख ७२ हजार नौ सय १७, पार्किङबाट दुई लाख ९९ हजार नौ सय ३५, गुठी जग्गाबाट हुने आम्दानीबाट एक करोड ३२ लाख ९५ हजार आठ सय ६८, पर्यटक प्रवेश शुल्कबाट एक करोड दुई लाख ८२ हजार, क्रियापुत्री सेवाबाट १२ लाख ७५ हजार चार सय ६१, तिलगङ्गा धर्मशालाबाट चार लाख ३९ हजार दुई सय ३४, विद्युतीय शवदाहगृह सञ्चालनबाट १० लाख ८६ हजार सात सय ५० कोषलाई घाटा लागेको छ।

अन्य शीर्षकमा समेत गरी अनुमानित १० करोड छ लाख ७२ हजार ६ सय ३९ रुपैयाँ घाटा भएको कोषले जनाएको छ। चैत लागेदेखि नै पशुपति क्षेत्रमा सीमित भक्तजनलाई मात्र प्रवेश गराइएको थियो।

चैत ११ देखि जारी बन्दाबन्दीका क्रममा मूल मन्दिरलगायत पशुपति क्षेत्रमा भक्तजन आवतजावत पूर्णरूपमा बन्द गरिएको छ।

घाट, क्रियापुत्री, विद्युतीय शवदाह गृहलगायत अत्यावश्यक सेवा भने दूरी कायम गरेर सञ्चालनमा छ। मूल मन्दिरलगायत अन्य मन्दिरमा हुने नित्यपूजा भने जारी छ।

कारोनाको सङ्क्रमणबाट उपत्यकामा निधन भएकाको शवदाह विद्युतीय गृहमा गर्दा कम्तीमा ३६ घण्टासम्म निर्मलीकरणका लागि बन्द हुने गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad