मुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ।
कांग्रेस संसदीय दलले शनिबार एक विज्ञप्ति जारी गरी दिउँसो १२ ः ३० बजे बैठक संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्न लागेको जानकारी दिएको हो।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संविधान संशोधन र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिए। रासस

प्रतिक्रिया