समाज


दाङ शाखा अध्यक्ष प्रियासनलाई दुर्व्यवहार गर्नेमाथि कारबाही गर्न महासंघको माग

दाङ शाखा अध्यक्ष प्रियासनलाई दुर्व्यवहार गर्नेमाथि कारबाही गर्न महासंघको माग

नेपालखबर
जेठ ३०, २०७७ शुक्रबार ११:३३,

नेपाल पत्रकार महासंघले दाङ शाखाका अध्यक्ष सविन प्रियासनमाथि एक समूहले हातपात र दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ। 

प्रियासनलाई घोराही–१५ न्युरोड निवासी साजन भण्डारीलगायतका दुई तीन जनाको समुहमा रहेका युवाहरुले दुर्व्यवहार गर्दै उनको मोटरसाइकलको चावी खोसी हातपातसमेत गरेको महासंघले जनाएको छ।

शुक्रबार विज्ञप्ति प्रकाशित गरी सचिव रमेश विष्टले भनेका छन्, ‘महासंघ दाङ शाखाका अनुसार जेठ २९ घोराही–१४ शहीद लखनपार्क नजिक स्थानीयले टिप्पर रोकेको सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा आइदिन आग्रह भएपछि त्यहाँ पुग्नु भएका अध्यक्ष प्रियासनलाई स्थानीय र टिप्पर सञ्चालकबीच सहमति गराउन प्रयास गरिरहँदा निज भण्डारीलगायतका युवाहरुको समुहले दुर्व्यवहार गर्दै उहाँको मोटरसाइकलको चावी खोसी हातपातसमेत गरेका थिए।’

अध्यक्ष प्रियासनमाथि भएको दुर्व्यवहार र हातपातको कडा शब्दमा भर्त्सना गर्दै घटनामा संलग्न सबैलाई तत्काल कानुनी दायरामा ल्याउन तथा यस्ता अराजक गतिविधि नियन्त्रणमा कडा कदम चाली पत्रकारलाई सुरक्षित र निर्वाध रुपमा काम गर्ने वातावरण बनाउन महासंघले माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad