ad ad

समाज


नेपालमा कोरोना संक्रमितको संख्या ४६ सय १४ पुग्यो, कुन प्रदेशमा कति संक्रमित?

नेपालमा कोरोना संक्रमितको संख्या ४६ सय १४ पुग्यो, कुन प्रदेशमा कति संक्रमित?

नेपालखबर
जेठ २९, २०७७ बिहिबार ११:३,

नेपालमा बिहीबार अपरान्हसम्म कोरोना संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ।

बिहीबार थप २५० जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४६ सय १४ पुगेको हो।

यो पछिल्लो केही दिनको तुलनामा सबैभन्दा कम संक्रमितको संख्या हो।

यसअघि बुधबार २८९, मंगलबार ३२३ र सोमबार ३१४ जनामा कोरोना पुष्टि भएको थियो।

बिहीबार देखिएका संक्रमितमध्ये २३० पुरुष र २० जना महिला रहेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देववकोटाले जानकारी दिए।

१ लाख १५ हजार ९३० जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ६ सय १४ को रिपोर्ट पोजिटिभ आएको हो।

कोरोना संक्रमणका कारण हालसम्म नेपालमा मृत्यु हुनेको संख्या १५ पुगेको छ।

त्यस्तै अहिलेसम्म ८७ महिलासहित ८६१ जना रहेका छन। पछिल्लो २४ घण्टामा ८ महिला १७९ पुरुष गरी १८७ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए।

कुन प्रदेशमा कति संक्रमित?

नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ६ सय १४ पुग्दा सबैभन्दा बढी प्रदेश २ का ८ जिल्लामा १ हजार ६ सय ७१ जनामा कोरोना पुष्टि भएको छ। यो प्रदेशगत हिसाबले सबैभन्दा बढी संक्रमित प्रदेश हो।

यस्तै प्रदेश ५ का १२ जिल्लामा गरी १ हजार ३ सय ९९ जनामा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले बताए। यो संक्रमित बढी हुनेमा प्रदेश २ पछिको दोस्रो प्रदेश हो। ्

त्यस्तै कर्णाली प्रदेशका ९ जिल्लाका ७६९, प्रदेश १ का १३ का ३०७, सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका १९२, बागमती प्रदेशका १२ का १४७ र गण्डकी प्रदेशका ९ जिल्लाका १४७ जनामा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले बताए।

याे पनि :  पछिल्लो २४ घण्टामा नेपालमा २५० कोरोना संक्रमित थपिए

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .