ad ad

समाज


एपीएफ टोलीद्वारा लागुऔषधसहित चार पक्राउ, भरुवा बन्दुक बरामद

एपीएफ टोलीद्वारा लागुऔषधसहित चार पक्राउ, भरुवा बन्दुक बरामद

नेपालखबर
जेठ २८, २०७७ बुधबार १२:२१,

सशस्त्र प्रहरी टोलीले धनुषा र बाराबाट विभिन्न किसिमका लागु औषधसहित चार जनालाई पक्राउ गरेकाे छ।

धनुषाको धनौजी गाँउपालिका–४ तरहीबाट बिभिन्न किसिमका लागुऔषधसहित सोही ठाउँ बस्ने १८ वर्षीय बिपिनकुमार मण्डल, १९ वर्षीय जितेन्द्र मण्डल र २० वर्षीय सबरेजकुमार सेनलाई पक्राउ परेका हुन्।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण धनुषाबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथबाट एक्जिप्लोन १७ बोतल, स्पास्मो २ पत्ता र नाईट्रोजन ट्याब्लेट २ पत्ता फेला परेपछि पक्राउ गरेको जनाइएकाे छ। त्यसबेला एपीएफ टोलीले उनीहरुको साथबाट दुई वटा मोबाइल सेट समेत बरामद गरेको छ।

पक्राउ परेकाहरुलाई बरामद लागुऔषध तथा उक्त मोबाइल सेटसहित आवश्यक कारबाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ।

यसैगरी बारा जिल्लाको बिश्रामपुर गाँउपालिका ४ बलिरामपुर स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले बिभिन्न किसिमका लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही जिल्लाको कलैया उपमहानगरपालिका ५ बस्ने २१ वर्षीय जिवनकुमार सराफ छन्।

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा पोष्ट बलिरामपुरबाट खटिएको एपीएफ टोलीले निज सराफलाई शंका लागि जाँच गर्दा उनको साथबाट नाईट्रानेट ५६ वटा, नुभिन ४ वटा, डाईजाल्याब ४ वटा, फेनारगन ४ वटा, वानरेक्स ३ बोतल र ६ सय एमएलको बोतलमा रातो नाम नखुलेको तरल पदार्थ फेला परेपछि पक्राउ गरिएको हो।

पक्राउ परेका निज सराफलाई बरामद लागुऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ।

भरुवा बन्दुक बरामद
यता, बाँके जिल्लाको डुडुवा गाँउपालिका–५ स्थित खजुराबाट बुधबार एपीएफ टोलीले एउटा भरुवा बन्दुक बरामद गरेको छ। सोही स्थानमा बेवारिसे अवस्थामा रहेको उक्त भरुवा बन्दुक सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३० गण बाँकेबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो।

एपीएफ टोलीले बरामद भरुवा बन्दुक स्थानीय प्रहरीमा बुझाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .