ad ad

समाज


धनुषामा हिरासतभित्रै एक अभियुक्त मृत भेटिए, स्थानीयद्वारा प्रहरी कार्यालयमा ढुंगामुढा

धनुषामा हिरासतभित्रै एक अभियुक्त मृत भेटिए, स्थानीयद्वारा प्रहरी कार्यालयमा ढुंगामुढा

शैलेन्द्र महतो
जेठ २८, २०७७ बुधबार २:३८,

धनुषाको सबैलास्थित इलाका प्रहरी कार्यालयका हिरासतभित्र एक अभियुक्त झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

हिरासतको शौचालयभित्र झुन्डिएको अवस्थामा सबैला नगरपालिका-१२, बरकुर्बाका २३ वर्षीय शम्भु सदा मृत भेटिएका हुन्।

उनी झुन्डेर आत्महत्या गरेको अवस्थामा बुधबार बिहान २ बजे फेला परेको धनुषाका प्रहरी नायब उपरीक्षक रमेश्वर कार्कीले जानकारी दिए। मृतक ट्याक्टर चालक थिए। सवारी दुर्घटना मुद्दामा यही जेठ १२ गते उनलाई पक्राउ गरी हिरासतमा राखिएको थियो।

सदाले किन आत्महत्या गरे भन्ने विषयमा अहिलेसम्म केही कारण खुल्न सकेको छैन। शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको प्रहरीले जनाएको छ।

यसैबीच घटना छानबिनको माग गर्दै स्थानीयले सबैला इलाका प्रहरी कार्यालयमा ढुंगामुढा गरेका छन्। उनीहरूले प्रहरीको भ्यानसमेत तोडफोड गरेका छन्।

jeeep111 1

अहिले आन्दोलित स्थानीयले बरकुर्बा सडक बन्द गरेर विरोध प्रदर्शन गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .