ad ad

समाज


गोदावरीमा एक युवकको हत्या, मकैबारीमा भेटियो शव

गोदावरीमा एक युवकको हत्या, मकैबारीमा भेटियो शव

नेपालखबर
जेठ २८, २०७७ बुधबार २:४३,

ललितपुरको गोदावरी-३ टौखेलमा एक युवकको हत्या भएको छ।

स्थानीय ३८ वर्षीय अमित शाहीको गएराति हत्या भएको प्रहरीले जनाएको छ।

राति ११ बजे घरबाटै बेपत्ता भएका शाहीको शव बुधबार बिहान चार बजे स्थानीय मकै बारीमा फेला परेको हो। घटना अनुसन्धानका लागि प्रहरी प्रभाग सातदोबाटोका डिएसपी मित्रबन्धु शर्मा नेतृत्वको टोली घटनास्थलमा पुगेको छ।

मृतक शाहीका भान्जा राजकिरण शाहीका अनुसार मृतक अमित शाही राति ११ बजेसम्म श्रीमतिसँग घरमै थिए।

त्यसपछि एकाएक बेपत्ता भएका अमितको शब मकैबारीमा खुट्टा बाँधेर फालिएको अवस्थामा बिहान चारबजे भेटिएको हो। घटनास्थल प्रहरीले सिल गरेको छ। घाँटीमा धारिलो चक्कु प्रहार गरी शाहीको हत्या गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .