अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भक्तपुरका सर्भेक्षक राजेन्द्र काफ्ले विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
काफ्ले विरुद्ध पाँच करोड ४३ लाख २७ हजार ९९ रुपैयाँ ९९ पैसा कायम गरी मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो।
उनले सार्वजनिक पदमा वहाल रहँदा पदको दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिबाट भक्तपुर र काभ्रेमा महङ्गो मूल्यमा जग्गाहरु खरिद गरी लिखतमा कम मूल्य देखाई आफ्नो श्रीमतीको नाममा लुकाई राखेको अख्तियारले जनाएको छ।
२०५४ साल कात्तिक १ देखि मिति २०७६ वैशाख ३० सम्मको अवधिको उनले कुल आय आर्जन एक करोड ७४ लाख १४ हजार ५०रुपैयाँ ८४ पैसामा निजले पाँच करोड ४३ लाख २७ हजार ९९ रुपैयाँ र ९९ पैसा अवैध कमाएको अख्तियारको अनुसन्धानले देखाएको छ।
प्रतिक्रिया