ad ad

समाज


बेलायतबाट फर्किन चाहने ३९१ को विवरण नेपाल पठाइयो

बेलायतबाट फर्किन चाहने ३९१ को विवरण नेपाल पठाइयो

कृष्णप्रसाद शर्मा
जेठ २७, २०७७ मंगलबार २:५२,

बेलायतबाट नेपाल फर्कन जरुरी रहेका तीन सय ९१ जनाको विवरण सोमबार नेपाल पठाइएको छ।

बन्दाबन्दीका कारण नेपाल फर्कन नपाएकाहरूको विवरण संकलन गरी काठमाडौँ पठाएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले जानकारी दिए।

दूतावासको पहलमा गठन गरिएको सूचना संकलन समितिमार्फत उनीहरुको विवरण संकलन गरिएको हो। भिसाको म्याद समाप्त भई लामो समयदेखि रोकिइरहेका र यसै महिना भिसा सकिनेको बेलायतमा एक सय ५४ रहेको दूताबासले जनाएको छ।

त्यस्तै रोजगार गुमाई घर फर्कन खोजेका ९४, अध्ययनका लागि आएका र अध्ययन पूरा गरेका विद्यार्थी ५०, नेपाल सरकारले तालिमका लागि पठाएका नेपाली सेनाका अधिकृत तथा अन्य कर्मचारी पाँच जना, परीक्षा र तालिमका लागि आएका चिकित्सक तथा अन्य कर्मचारीबाट २१ र पारिवारिक वा अन्य कारणले नेपाल फर्कनुपर्ने ६५ गरी कूल तीन सय ९१ जनाको सूची नेपाल पठाइएको हो।

गत हप्ता दूतावासले नेपाल फर्कनुपर्ने अवस्थामा रहेका नेपालीको विवरण पठाउन सूचना जारी गरेको थियो। सोमबार पठाइएको विवरण नेपाल सरकारले हेरेर सोहीअनुसार निर्णय गरेपछि मात्रै विवरण बुझाएकालाई थप जानकारी दिइने दूतावासले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .