ad ad

समाज


अमेरिकामा प्रदर्शनकारीमाथि गाडी कुदाउन खोजियो, प्रहरीले चालकलाई गोली हाने

अमेरिकामा प्रदर्शनकारीमाथि गाडी कुदाउन खोजियो, प्रहरीले चालकलाई गोली हाने

नेपालखबर
जेठ २६, २०७७ सोमबार १०:५८,

यसबीचमा आइतबार राति सियटलमा एक व्यक्तिले प्रदर्शनकारीमाथि गाडी कुदाउने प्रयास गरेका थिए।

उनले गाडीले प्रदर्शनकारीलाई ठक्कर दिन खोजेपनि मानिसहरुले भागेर ज्यान जोगाएका थिए।

सिएटलका प्रहरीले गाडी चालकलाई गोली हानेर नियन्त्रणमा लिएको सीएनएनले जनाएको छ।

हाल ती व्यक्तिको अस्पतलामा उपचार भइरहेको छ। उनको अवस्था भने सामान्य भएको बताइएको छ।

गत मे २५ मा मिनिसोटाको मिनियापोलिसमा प्रहरीले हथकडी लगाइएको जोर्ज फ्लोएडको घाँटीमा घुँडाले झन्डै ९ मिनेट थिच्दा उनको मृत्यु भएको थियो।

प्रहरीको रंगभेदी दृष्टिकोणका कारण फ्लोएडको हत्या भएको भन्दै यतिबेला विश्वभर ‘अश्वेतको जीवनले पनि अर्थ राख्छ’ भन्ने अभियान संचालन भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .