समाज


भक्तपुरको मध्यपुर अस्पतालकी सुत्केरीलाई कोरोना, २ डाक्टरसहित २४ कर्मचारी क्वारेन्टिनमा

भक्तपुरको मध्यपुर अस्पतालकी सुत्केरीलाई कोरोना, २ डाक्टरसहित २४ कर्मचारी क्वारेन्टिनमा

नेपालखबर
जेठ २४, २०७७ शनिबार १६:५१,

भक्तपुरस्थित मध्यपुर अस्पतालमा सुत्केरी भएकी एक महिलालाई कोरोना भाइरसको संक्रमण भएको छ।

दोलखाकी ३० वर्षीया उनकाे पेट शल्यक्रिया गर्नुअगाडि गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण देखिएको अस्पतालले शनिबार प्रेस विज्ञप्ति जारी गरी जानकारी गराएको हो।

मेडिकल डाइरेक्टर डा. रविना प्रधानाङ्गको हस्ताक्षरमा जारी विज्ञप्तिमा संक्रमण पुष्टि भएकी महिला यही जेठ २१ गते अस्पताल भर्ना भएको र सोही दिन उनकाे अपरेसन गरिएको जानकारी दिइएको छ।

madhyabi

संक्रमित महिलाको कन्ट्याक्ट ट्रेसिङ गर्दा अस्पतालका ६ चिकित्सक, १२ नर्सिङ स्टाफ, १ ल्याब स्टाफ र ११ हेल्परलाई क्वारेन्टिनमा राख्नुपर्ने देखिएकाे विज्ञप्तिमा बताइएकाे छ। 

संक्रमणको सुरुका दिनदेखि नै निर्मलीकरण तथा स्टाफ व्यवस्थापनमा सावधानी अपनाइएकाले ओपीडीसहित अस्पतालका सबै सेवा सञ्चालनमै रहेकाे मध्यपुर अस्पतालले जानकारी दिएकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिउँसो प्रेस ब्रिफिङमा भक्तपुरमा एक जनालाई संक्रमण पुष्टि भएको जानकारी दिएकाे थियाे। ती संक्रमित तिनै सुत्केरी हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad