समाज


नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुग्यो, सुर्खेतमा मृत्यु भएका युवकमा कोरोना पुष्टि

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुग्यो, सुर्खेतमा मृत्यु भएका युवकमा कोरोना पुष्टि

नेपालखबर
जेठ २३, २०७७ शुक्रबार ३:३३,

पश्चिम सुर्खेतमा क्वारेन्टिनबाट घर फर्किएका युवकको मृत्यु कोरोना संक्रमणकै कारण भएको पुष्टि भएको छ।

बिहीबार बिहान मृत्यु भएका पञ्चपुरी नगरपालिका-१ हाँसेगाउँका २० वर्षीय युवकको स्वाब पीसीआर परीक्षण गर्दा कोरोना भाइरस रहेकाे पुष्टि भएकाे हाे। 

शुक्रबार बिहानै विज्ञप्ति जारी गरेर कर्णाली प्रदेश, स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले उनकाे मृत्यु काेराेनाकै कारण भएकाे पुष्टि गरेका हुन्। 

यही जेठ ७ गते भारतबाट स्वदेश आएका उनी स्थानीय विद्यापुरस्थित जनता माविकाे क्वारेन्टिनमा बसेका थिए। आरडीटी परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि उनलाई २१ गते राति घर पठाइएकाे थियाे। तर भाेलिपल्ट बिहीबार बिहानै सवा २ बजे उनकाे मृत्यु भएकाे थियाे। 

त्यसपछि उनकाे स्वाब सदरमुकाम वीरेन्द्रनगरस्थित प्रयाेगशालामा पठाइएको थियाे। जसकाे रिपोर्ट पोजेटिभ आएको कर्णाली प्रदेश सरकार, स्वास्थ्य महाशाखाले जानकारी दिएकाे हाे। 

हेराैँ विज्ञप्ति:

bbbbb

याेसँगै नेपालमा काेराेनाका कारण मृत्यु हुनेकाे सख्या ११ पुगेकाे छ। यसअघि कोरोना संक्रमणका कारण १० जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad