समाज


नेपालमा तयार भएकाे कोरोनाविरुद्धको खोपमा डब्लुएचओले देखायो चासो

नेपालमा तयार भएकाे कोरोनाविरुद्धको खोपमा डब्लुएचओले देखायो चासो

सुरेश झा
जेठ २३, २०७७ शुक्रबार ३:२१,

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले हेटौँडास्थित त्रिवि वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो देखाएको छ।

अध्ययन संस्थानका प्रा.डा.ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा डब्ल्युएचओले बिहीबार जानकारी लिएको हो।

जेनेभास्थित डब्ल्युएचओ कार्यालयले भिडियो कन्फरेन्समार्फत नेपालसहित ७३ राष्ट्रका विज्ञसँग कोरोनाविरुद्ध निर्माण भइरहेको औषधि र आवश्यक सहयोग सबन्धमा छलफल गरेको प्रा.डा.दासले जानकारी दिए।

प्रयोगशालामा उत्पादित औषधि एवं खोप विवरण डब्ल्युएचओमा पठाएपछि डब्लुएचओले चासो देखाएको हो। अध्ययन संस्थानका प्राध्यापक दामोदर गैरेको सहयोगमा डब्ल्युएचओमा लिखित जानकारी पठाइएको र छलफलका लागि प्रयोगशाला छनोट भएपछि भिडियो कन्फरेन्समा डा.दासको समूहलाई छलफलमा बोलाइएको संस्थानले जनाएको छ।

करीब दुई घण्टा लामो छलफलका क्रममा औषधि बनाउने विधि विषयमा प्रश्न सोध्नुका साथै विभिन्न सहयोगका सम्बन्धमा समेत छलफल भएको प्राध्यापक गैरेले जानकारी दिए। ‘सर्वप्रथम नेपालको सम्बन्धित निकायले खोपको परीक्षण गर्नुपर्छ, त्यसपछि डब्ल्युएचओसँग त्यसको प्रभावकारिता मूल्यांकनका लागि पहल गरिनेबारे कुराकानी भयो’, गैरेले भने।

उक्त खोपको परियोजना स्वीकृत भएमा पाँच लाख अमेरिकी डलर ट्रायल फण्ड प्राप्त हुने बताइएको छ। प्राडा दासले दुई महिनादेखि कोरोना भाइरसविरुद्ध केही एण्टिअक्सिडेण्ट एक्टिभिटी र इन्जेमेटिक एक्सन भएको वनस्पति एवं जडिबुटीको सहयोगमा उक्त खोप (औषधि) तयार गरेका हुन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad