खेल


वेष्ट ईण्डिजका तीन क्रिकेटरलाई कोरोना संक्रमण

वेष्ट ईण्डिजका तीन क्रिकेटरलाई कोरोना संक्रमण

नेपालखबर
जेठ २२, २०७७ बिहिबार १२:२९,

वेष्ट ईण्डिजका ३ जना क्रिकेटरमा कोरोना संक्रमण देखिएको छ। इङल्याण्ड भ्रमणको तयारीमा रहेको वेष्ट इन्डिजले प्रशिक्षण सुरु गर्नुअघि गरिएको कोरोना परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको हो। कोरोना सक्रमण देखिएका यी खेलाडी इङल्याण्ड भ्रमणमा सामेल हुने छैनन्।

टोलीका ब्याट्सम्यान सिमरोन हेटमेर, डारेन ब्राभो तथा अलराउण्डर केमो पउलमा कोरोना पोजेटिभ देखिएको क्रिकेट वेष्ट इण्डिजले जनाएको छ।

टोली जुन ९ मा इङल्याण्ड जाने तयारीमा थियो। करिव १४ दिनको क्वारेन्टिन बसाइपछि टोलीले प्रशिक्षण गर्ने छ।

टोलीले आगामी जुलाइ ८ बाट ईङल्याण्डसँग ३ टेष्टको सिरिज खेल्ने यसअघि नै तय भइसकको छ। सिरिजका लागि वेष्ट ईण्डिजले जेसन होल्डरको कप्तानीमा टोली घोषणा समेत गरिसकेको छ।

टोलीमा कप्तान जेसन होल्डर, जेर्मेन ब्ल्याकवुड, नक्रमाह बोनर, क्रेग ब्रेथवेट, शम्राह ब्रुक्स, जोन क्याम्पबेल, रोस्टन चेश, रहकीम कर्नवाल, शेन डोरविच, चेमार होल्डर, शाई होप, अल्जारी जोशेफ, रेमोन रिफर र केमार रोच छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad