नेपालमा कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ।
दोलखाका ७६ वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पतालमा निधन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाकारी दिए।
उनी जेठ १३ गते उपचारका लागि काठमाडौँमा सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा भर्ना भएका थिए।
उनी हेमोराइजिस्टोक भएकोर उनको अप्रेसन भएको प्रवक्ता देवकोटाले जानकारी दिए।
१५ गते उनको स्वाब परीक्षणको रिपोर्ट पोजिटिभ आएपछि थप उपचारका लागि टिचिङ अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो।
उनको बुधबार निधन भएको र योसँगै नेपालमा कोरोनाका कारण मर्नेको संख्या ९ पुगेको प्रवक्ता देवकोटाले जानकारी दिए।

प्रतिक्रिया