ad ad

समाज


गाईबस्तु चराउन गएका तीन बालिकालाई ठूलीभेरीले बगायो, तीनै जनाको मृत्यु

गाईबस्तु चराउन गएका तीन बालिकालाई ठूलीभेरीले बगायो, तीनै जनाको मृत्यु

नेपालखबर
जेठ २०, २०७७ मंगलबार ११:५३,

डोल्पाको भेरी नदीले बगाउँदा तीन बालिकाको ज्यान गएको छ।

मंगलबार दिउँसो ठूलीभेरी नगरपालिका ९ स्थित मोतिपुरका १२ वर्षीया यशोधा भण्डारी, १० वर्षीया गंगा कठायत र १० वर्षीया विजय कठायत रहेका छन्।

उनीहरु गाईबस्तु चराउन गएका थिए। गाई भेरी नदी तरेर पारि जान खोजेपछि गाई फर्काउन नदीमा पस्दा बगाएको डोल्पाका डीएसपी नारायण रञ्जितकारले बताए।

उनीहरुमध्ये यशोधा भण्डारी र बिजय कठायतलाई २ किलोमिटर तल झारेको अवस्थामा प्रहरीले उद्धार गरेको थियो। उपचारका लागि जिल्ला अस्पताल लगिएको र केही समय पहिले अस्पतालले उनीहरुलाई मृत घोषणा गरेको डीएसपी रञ्जितकारले बताए।

गंगाको शव भने ५ किलोमिटर तल फेला पारेको थियो।

दुई जनालाई बगाउँदै गरेको प्रहरीले देखेको थियो। विमानस्थल सुरक्षाकार्ड जुफालको टोलीले देखेपछि थप टोली गएर बालिकाहरुलाई नदीबाट निकालेको हो।

उनीहरुको उद्धारका लागि प्रहरी कार्यालयबाट २२ जनाको टोली खटिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .