ad ad

रोचक


रोमानियामा शारीरिक दुरीको नियम उल्लंघन हुन थालेपछि साइज ७५ को जुत्ता बनाइयो

रोमानियामा शारीरिक दुरीको नियम उल्लंघन हुन थालेपछि साइज ७५ को जुत्ता बनाइयो

नेपालखबर
जेठ २०, २०७७ मंगलबार १२:७,

गत महिनामात्र त्यहाँ लकडाउन खुला गरिएको छ। यद्यपी त्यहाँ व्यक्ति–व्यक्तिबीचको दुरीको नियम कायम गर्न भने भनिएको छ।

कोरोना संक्रमितको नजिक रहँदा कोरोना सर्ने त्रास हुन्छ। डब्लूएचओका अनुसार कोरोना प्रकोपका बेला मानिसले व्यक्ति व्यक्तिबीचको शारीरिक दुरी साढे एक देखि २ मिटरसम्म कायम गर्नुपर्छ।

यसरी कोरोना संक्रमण हुने खतरा रहँदैन।

तर मानिसहरुले शारीरिक दुरीको नियम पालना नगरेको देखेपछि ग्रिगोरे लुपले साइज ७५ को जुत्ता बनाएका छन्।

यो जुत्ताको लम्बाई सामान्यभन्दा निकै लामो छ। मानिसहरुले शारीरिक दुरीको नियम पालना गरुन भनेर यस जुत्ता बनाएको उनले बताएका छन्।

यस जुत्ता लगाएपछि मानिसहरु टाढा–टाढै बस्ने उनको विश्वास छ। एजेन्सी

Romanian cobbler keeps people apart with size 75 shoes By Reuters

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .