राजनीति


एमसीसीकाे रकम संसदबाट सम्झौता अनुमोदनपछि मात्र निकासा हुन्छ: अर्थमन्त्री (भिडियाे)

एमसीसीकाे रकम संसदबाट सम्झौता अनुमोदनपछि मात्र निकासा हुन्छ: अर्थमन्त्री (भिडियाे)

नेपालखबर
जेठ १९, २०७७ सोमबार ६:४८,

अर्थमन्त्री डा. युवराज खतिवडाले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बाट लिइने रकम त्यससम्बन्धी सम्झौता संसदबाट अनुमोदन भएपछि मात्र निकासा हुने बताएका छन्।

संसदमा त्यसबारे उठेका प्रश्नहरुको सोमबार जवाफ दिँदै खतिवडाले सो कुरा प्रष्ट्याएका हुन्।

‘हामीले आगामी वर्षको कार्यक्रममा पनि एमसीसीलाई राखिएको छ तर त्यसबाट प्राप्त हुने सहयोग रकम त्यतिबेला मात्र निकासा हुन्छ, जतिबेला संसदमा बिचाराधिन रहेको सम्झौता संसदले अनुमोदन गर्छ,’ खतिवडाले संसदलाई जानकारी दिए।

यसबारे प्रधानमन्त्रीले सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदा पनि प्रष्ट पारिसकेको उनले बताए।

अर्थमन्त्रीले त्यो सहायता राष्ट्रिय प्राथमिकता र आवश्यकताअनुसार खर्च गरिने बताए।

सरकारले एमसीसी सम्झाैता संसदबाट पारित हुनुअघि नै बजेट कार्यक्रममा समावेश गरेकाे भनी सत्तारुढ नेकपाकै नेताहरुले चर्काे आलोचना भएकाे छ।

भिडियाे: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad