समाज


जन्मदिनमा रक्तदानको आयोजना, ५९ युनिट संकलन

जन्मदिनमा रक्तदानको आयोजना, ५९ युनिट संकलन

नेपालखबर
जेठ १८, २०७७ आइतबार १२:५६,

कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका कारण पोखरामा बढ्दो रगत अभावलाई कम गर्न डिभाइन मेटल यूपीभीसी इन्जिनियरिङले गरेको रक्तदानमा ५९ युनिट रगत संकलन भएको छ।

कार्यक्रमका प्रमुख अतिथी पोखरा महानगरपालिका वडा नं.११ का अध्यक्ष मोहन बास्तोलाले पहिलो रक्तदाता रेगिना लोप्चनलाई ब्लड ब्याग हस्तान्तर गरेर कार्यक्रमको उद्घाटन गरे।

पोखराको फुलबारीमा गरिएको कार्यक्रमका प्रमुख अतिथी बास्तोलाले लकडाउनको समयमा पनि समाजसेवाको भाव राख्दै यस्तो महान काम गरेकोमा धन्यवाद दिए। आगामी दिनमा पनि हुने यस्तो काममा वडाले सक्दो सहयोग गर्ने बास्तोलाले बताए। पोखरामा रगतको अभाव भैरहेको सुनेपछि शनिबार छोरी दिक्षा क्षेत्रीको जन्मदिनको अवसर पारेर रक्तदान गरिएको डिभाइन मेटलका प्रवन्ध निर्देशक मीलन जि.सीले जानकारी दिए।

‘लकडाउनका कारण सबैजना घरमै थुनिनु परेको अवस्थामा अस्पताल पुग्ने कोहीलाई पनि रगतको अभाव नहोस् भनेर नै हामीले यो कार्यक्रम गरेका हौँ’ निर्देशक जि.सीले भने।

नेपाल रक्तदाता स्वयंसेवी समाज, गण्डकी उड क्राफ्ट, लायन्स क्लव अफ पोखरा हेरिटेज र नेपाल मानव धर्म सेवा समितीको सहकार्यमा रक्तदान कार्यक्रम गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad