ad ad

समाज


किस्ट अस्पतालमा सुत्केरी भएकी ललितपुरकी महिलामा कोरोना पोजिटिभ

किस्ट अस्पतालमा सुत्केरी भएकी ललितपुरकी महिलामा कोरोना पोजिटिभ

नेपालखबर
जेठ १७, २०७७ शनिबार १४:३९,

किस्ट मेडिकल कलेज टिचिङ हस्पिटलमा सुत्केरी भएकी ललितपुरकी एक महिलामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरीएको परीक्षणामा ललितपुरकी एक महिलामा कोरोना पोजिटिभ देखिएको जानकारी दिएका थिए।

ललितपुर महानगरपालिकाको वडानम्बर २७ स्थित नख्खु खोला क्षेत्रमा बस्ने ती महिलालाई हाल पाटन अस्पतालको आइसोलेसनमा पठाइएको छ।

 '११ गते किस्ट अस्पताल लगेकी उनले १२ गते बच्चा जन्माएकी थिइन,' संक्रमितका श्रीमानको भनाइ उदृत गर्दै वडाध्यक्ष बाबुराज महर्जनले भने, 'बिहीबार उनीहरु अस्पतालबाट घर आएका हुन्।'

डिस्चार्ज हुँदा सुत्केरी महिलाको स्वाव लिइएको तर स्वावको रिजल्ट नआउँदै घर पठाइएको भन्दै वडाध्यक्ष महर्जनले आक्रोश पोखे।

यसअघि गत बुधबार कलेजो रोगको समस्याले सोही अस्पताल भर्ना भएका ललितपुर महानगरपालिका – २२ का एक ५६ वर्षीय पुरुषको मृत्यु भएको थियो। मृत्युपछि आएको रिपोर्टमा ती पुरुषमा पनि कोरोना संक्रमण देखिएको थियो।

हाल संक्रमित महिलासँग उनका श्रीमानमात्रै बस्ने गर्थे। तरकारी फर्ममा काम गर्ने श्रीमानसँगै फर्मका सञ्चालकलाई पनि क्वारेन्टिनमा राखिएको वडाध्यक्ष महर्जनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .