ad ad

समाज


जर्ज फ्लोइड मृत्यु प्रकरणः अमेरिकाभर विशाल प्रदर्शन, एक प्रहरीको गोली हानी हत्या

जर्ज फ्लोइड मृत्यु प्रकरणः अमेरिकाभर विशाल प्रदर्शन, एक प्रहरीको गोली हानी हत्या

नेपालखबर
जेठ १७, २०७७ शनिबार ११:४०,

अफ्रिकी मूलका अमेरिकी जर्ज फ्लोइडको हालै प्रहरी नियन्त्रणमा रहेका बेला मिनियापोलिसमा मृत्यु भएपछि शुक्रबार अमेरिकाभर विभिन्न शहरमा प्रदर्शन हुनुको साथै प्रहरीसँग झडप पनि भएको छ।

सयौँ मानिसहरूले जर्ज फ्लोइडको हत्यामा न्यायको माग गर्दै ह्वाइट हाउसको बाहिर विरोध प्रदर्शन गरेका छन्।

मिनेसोटा, न्यू योर्क, एटलान्टा र अरू क्षेत्रमा हिंसात्मक प्रदर्शन भएका छन्।

सीएनएनका अनुसार शुक्रबार राति क्यालिफोर्नियाको अकल्यान्डमा प्रदर्शनकै क्रममा एक प्रहरीको हत्या भएको छ। प्रदर्शनकारीको भीडबाट दुई प्रहरीमाथि गोली प्रहार भएको जनाइएको छ।

Brother of George Floyd: 'I just want justice' | News | Al Jazeera

सो क्रममा एक प्रहरीको मृत्यु भएको हो। प्रहरीका अनुसार ७ हजार ५ सय प्रदर्शनकारीले अकल्यान्डमा प्रदर्शन गरेका थिए।

प्रहरीमाथि गोली प्रहार गर्नेको यतिबेला खोजी भइरहेको जनाइएको छ।

हिरासतमा फ्लोइडको मृत्यु भएकोमा मिनियापोलिसका एकजना प्रहरी अधिकारीलाई गिरफ्तार गरेर हत्या अभियोग लगाइएको छ।

गोरा जातिका डेरेक चौविनले ४६ वर्षीय काला जातिका फ्लोइडको घाँटी थिचेको फूटेज सार्वजनिक भएको थियो। घाँटी थिचेकै कारण फ्लोइडको मृत्यु भएको बताइएको छ।

प्रहरीले फ्लोयडको हात बाँधेकै समयमा घाँटीमा घुँडाले थिचेमा थिए।

चौविन र थप तीनजना प्रहरीहरूलाई उक्त काण्डका कारण सेवाबाट बर्खास्त गरिएको छ।

चौविनलाई सोमवार पहिलोपटक मिनियापोलिसस्थित एक अदालतमा उपस्थित गराइने बताइएको छ।

हाल प्रदर्शनकारीले रंगभेदकै कारण फ्लोएडको हत्या भएको भनेर हिंस्रक प्रदर्शन गरिरहेका छन्।

उनीहरुले रंगभेद अन्त्य हुनुपर्ने नारा लगाइरहेका छन्। एजेन्सी

George Floyd's Death Sparks Protests Across The U.S.: Atlanta CNN ...

Minneapolis Police Station Torched Amid George Floyd Protest - JEMS

Fired officer who kneeled on George Floyd's neck arrested, charged ...

Protests Continue to Rage After Death of George Floyd - The New ...

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .