समाज


इन्टर्न चिकित्सकहरूले चिकित्सा शिक्षा आयोग अगाडि गरे प्रदर्शन, न्यायोचित निर्वाह भत्ता पाउनुपर्ने माग

इन्टर्न चिकित्सकहरूले चिकित्सा शिक्षा आयोग अगाडि गरे प्रदर्शन, न्यायोचित निर्वाह भत्ता पाउनुपर्ने माग

नेपालखबर
असार ३१, २०८३ बुधबार १५:२०, काठमाडौँ

चिकित्सा शिक्षामा स्नातक तहको एमबीबीएस र बीडीएस कार्यक्रमको एक वर्षे इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले न्यायोचित निर्वाह भत्ता (स्टाइपेन्ड) पाउनुपर्ने माग राख्दै चिकित्सा शिक्षा आयोग अगाडि प्रदर्शन गरेका छन्।

मासिक निर्वाह भत्ता स्नातकोत्तर (एमडी तथा एमएस) तहका आवासीय चिकित्सकलाई दिइने स्वास्थ्य सेवाको आठौँ तहको सुरु तलब स्केलको आधा रकम दिनुपर्ने माग गर्दै उनीहरूले आज (बुधबार) आयोग अगाडि प्रदर्शन गरेका हुन्।

एमबीबीएस तथा बीडीएसका इन्टर्न स्टाइपेन्ड एकरूपता अभियानका संयोजक डिल्ली हरिजनले इन्टर्न गरिरहेकाहरूलाई निकै कम पारिश्रमिक दिइएका कारण आफूहरू आन्दोलनमा उत्रिएको बताए।

चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले निजी मेडिकल कलेजमा समेत अध्ययनरत स्नातकोत्तर तह (पीजी) का  आवासीय चिकित्सकको निर्वाह भत्ता सरकारी आठौं तह सरह ४८ हजार बनाएको थियो।

यो व्यवस्थाअनुसार इन्टर्न विद्यार्थीले मासिक २४ हजार पाउन पर्ने माग राखेका छन्।

निजी मेडिकल कलेजले १० हजारदेखि करिब १३ हजार मात्रै दिने गरेकाले अन्यायमा परेको भन्दै इन्टर्न विद्यार्थी प्रदर्शनमा उत्रिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad