ad ad

समाज


स्वास्थ्य चौकी निर्माणमा खटिएका पाँच मजदुरलाई बालुवाको ढिस्कोले पुर्‍याे, दम्पतीको मृत्यु

स्वास्थ्य चौकी निर्माणमा खटिएका पाँच मजदुरलाई बालुवाको ढिस्कोले पुर्‍याे, दम्पतीको मृत्यु

नेपालखबर
जेठ १४, २०७७ बुधबार ३:२०,

स्वास्थ्यचौकी भवन निर्माणका लागि बालुवा निकाल्ने क्रममा ढिस्कोले पुरिँदा जाजरकोटमा पतिपत्नीको मृत्यु भएको छ। घटनामा सँगै काम गरिरहेका अन्य तीन जना घाइते भएका छन्।

जाजरकोटको नलगाड नगरपालिका-९ तात्रका ३५ वर्षीय एकराज सिंह र उनकी पत्नी ३३ वर्षीया कुमारी सिंहको ढिस्कोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

पत्नीको घटनास्थलमै मृत्यु भएको हो भने पतिलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बुधबार बिहान भेरी नगरपालिका-१ को रावतगाउँमा मृत्यु भएको स्थानीयवासी नवराज सिंहले जानकारी दिए। उनीहरुलाई मंगलबार दिउँसो माटोको ढिस्कोले पुरेको थियो।

सिंह दम्पतीसहित खिरखिरेस्थित बालुवा निकालिरहेका सोही गाउँका कमला सिंह, तारा सिंह र लक्ष्मी सिंहलाई ढिस्कोले पुरेको थियो।

घाइते तीन जनाको अहिले नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमास्थित स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। समयमा उपचार नपाउँदा एकराजको मृत्यु भएको पीडित परिवारले बताएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .