ad ad

समाज


सगरमाथाको उचाइ नाप्दै शिखरमा पुग्यो चिनियाँ टोली

सगरमाथाको उचाइ नाप्दै शिखरमा पुग्यो चिनियाँ टोली

नेपालखबर
जेठ १४, २०७७ बुधबार ३:३३,

सगरमाथाको उचाइ नाप्दै चिनियाँ टोली आज (बुधबार) शिखरमा पुगेको छ।

चाइना ग्लोबल टेलिभिजन नेटवर्कले दिएको समाचारअनुसार सगरमाथाको उचाइ नापको अन्तिम चरण गत अप्रिल ३० मा सुरु गरेको ८ सदस्यीय चिनियाँ टोली टुप्पोमा पुगेको हो।

उचाइ मापन टोलीमा प्राकृतिक संशाधन मन्त्रालय र राष्ट्रिय पर्वतारोहण टोलीका सदस्य छन्।

यसअघि चीनले सन् १९७५ र २००५ मा सगरमाथाको उचाइ नापेको थियो। त्यस क्रममा सगरमाथाको उचाइ क्रमशः ८ हजार ८ सय ४८ मिटर र ८ हजार ८ सय ४४.४३ मिटर देखिएको थियो।

यसपटक सगरमाथाकाे वास्तविक उचाइ पत्ता लगाउने टाेलीले जनाएकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .