ad ad

समाज


भारतमा कोरोना संक्रमितको संख्या डेढलाख नाघ्यो, मंगलबार १७२ को मृत्यु

भारतमा कोरोना संक्रमितको संख्या डेढलाख नाघ्यो, मंगलबार १७२ को मृत्यु

नेपालखबर
जेठ १४, २०७७ बुधबार २:४०,

भारतमा कोरोना भाइरस संक्रमितको संख्या डेढलाख नाघेको छ।

भारतमा अहिलेसम्म एक लाख ५० हजार सात सय ९३ जना संक्रमित भएका वर्ल्डओमिटरले जनाएको छ। मंगलबार त्यहाँ ५ हजार ८ सय ४३ जना नयाँ संक्रमित थपिएका छन्।

भारतमा अहिलेसम्म ६४ हजारभन्दा धेरै उपचारपछि निको भएका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। संक्रमणबाट मंगलबार भारतमा १ सय ७२ जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म मृतकको संख्या ४ हजार ३ सय ४४ पुगेको छ।

पछिल्लो समय संक्रमण उच्च हुने मुलुकमा अमेरिका, ब्राजिल र रुसपछि भारत छ। त्यसपछि क्रमशः पेरु, बेलायत, चिली, मेक्सिको, कतार, इरान लगायतका मुलुकमा संक्रमणदर उच्च देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .