ad ad

समाज


आइसोलेसनमा मृत्यु भएकी महिलाको पीसीआर रिपोर्ट नआउँदै अन्त्येष्टि

आइसोलेसनमा मृत्यु भएकी महिलाको पीसीआर रिपोर्ट नआउँदै अन्त्येष्टि

शैलेन्द्र महतो
जेठ १४, २०७७ बुधबार २:२०,

सप्तरीमा घरमै आइसोलेसनमा बसेका बेला मृत्यु भएकी गर्भवतीको पीसीआर रिपोर्ट आउनुअघि नै अन्त्येष्टि गरिएको छ।

मंगलबार बिहान मृत्यु भएकी सप्तरीको कञ्चनरूप नगरपालिका–११ की अन्दाजी २५ वर्षीया गर्भवतीको त्यही दिन अपराह्न प्रशासनको स्वीकृतिमा अन्येष्टि गरिएको हो।

सप्तरी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईंका अनुसार पाँच जनालाई मात्र शव व्यवस्थापनमा सहभागी हुने गरी ती महिलोको अन्त्येष्टि गर्न स्वीकृति दिइएको हो।

महिलाको अत्येष्टिमा सहभागी पाँच जनालाई पीपीई प्रदान गरिएको थियो। कोरोना शंकास्पद भएर होम आइसोलेसनमा रहेकी ती गर्भवतीको धेरै ज्वरो र श्वासप्रश्वासका कारण मंगलबार बिहान मृत्यु भएको हो।

कोरोना परीक्षण गर्न ती मृतक महिलाको स्वाब नमुना लिइएको छ। स्वाब बीपी कोइराला विज्ञान प्रतिष्ठान धरान पठाइएको छ भने अहिलेसम्म रिपोर्ट आइनसकेको गजेन्द्रनारायाण सिंह सगरमाथा अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। चुमनलाल दासले जानकारी दिए।

धरानमा कोरोना परीक्षणको चाप रहेकाले रिपोर्ट आउन समय लाग्ने उनको भनाइ छ। १० दिन अगाडिदेखि ती महिलालाई अचानक बढी ज्वरो आउने तथा श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल लगिएको थियो। त्यसपछि चिकित्सकले औषधि दिएर उनलाई घरमै सेल्फ  आइसोलेसन बस्न भनिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .