समाज


धनुषा पुगेर धान रोपिन् उपसभामुखले

धनुषा पुगेर धान रोपिन् उपसभामुखले

नेपालखबर
असार १६, २०८३ मंगलबार ४:३६, काठमाडौँ

राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा सोमबार उपसभामुख रुवीकुमारी ठाकुर धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१४, मुजेलियास्थित अधियामा लिएको खेतमा किसानहरूसँग रोपाइँमा सहभागी भएकी छन्।

रोपाइँपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले खाद्य सुरक्षा र खाद्य उत्पादनमा किसानको महत्त्वपूर्ण भूमिका रहेको बताइन्।

उपसभामुख ठाकुरले समयमा रासायनिक मल, उन्नत बिउ, पर्याप्त सिँचाइ, उचित बजार तथा उत्पादनको उचित मूल्य नपाउनु चिन्ताको विषय भएको उल्लेख गरिन्।

उनले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि तथा किसानको जीवनस्तर उकास्ने गरी प्रभावकारी नीति तथा कार्यक्रम निर्माण आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि आफूले निरन्तर रूपमा आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरिन्।

उपसभामुख ठाकुरले कृषिलाई सम्मानित, व्यावसायिक र आत्मनिर्भर अर्थतन्त्रको आधारका रूपमा विकास गर्न राज्यका सबै निकायको समन्वयात्मक प्रयास आवश्यक रहेको बताउँदै किसानमैत्री नीति कार्यान्वयनमा जोड दिइन्।

राष्ट्रिय धान दिवसका अवसरमा आयोजित रोपाइँ कार्यक्रममा स्थानीय किसान, जनप्रतिनिधि तथा सर्वसाधारणको समेत सहभागिता थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad