अहिले हावाहुरी वर्षा मात्र होइन, चट्याङको पनि उत्तिकै जोखिम भएको मौसम हो। मौसमविद्का अनुसार अहिले देशमा प्रिमनसुन छ, जसको विशेषता नै हावाहुरी, चट्याङसहित वर्षा गराउनु हो।
यसैकारण हावाहुरी, वर्षाका साथै चट्याङबाट पनि सावधान रहनुपर्ने मौसमविद् बताउँछन्। हरेक वर्ष चट्याङले लागेर मानिसको ज्यान जाने गरेको पनि छ। चट्याङ प्राकृतिक कुरा भएकाले यसलाई रोक्न त नसकिने तर सावधानी अपनाए यसबाट हुने क्षतिबाट बच्न सकिने विज्ञ बताउँछन्।
आकाशमा गड्यागुडुङ गर्न थालेपछि सकेसम्म घरभित्र बस्ने तर घरबाहिर छौं भने अग्लो रूख, बिजुलीको खम्बा मुनि बस्न नहुने र खुला ठाउँमा घोप्टो परेर बस्नुपर्ने मौसमविद्को सुझाव छ।
तर घरभित्रै बस्दा पनि चट्याङको जोखिम हुन सक्ने भएकाले होसियारी अपनाउनुपर्ने विज्ञ बताउँछन्।
यसै सन्दर्भमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको यो सन्देशमूलक भिडियो यहाँ प्रस्तुत गरिएको छः
काठमाडौँमा अहिले हावाहुरीसहितको पानी परिरहेको छ । आकाशमा बिजुली पनि चम्किँदै छ । यस्तो बेलामा घरभित्रै हुँदा चट्याङबाट यसरी सुरक्षित हुन सकिन्छ । https://t.co/nmPMCfgMKz

प्रतिक्रिया