ad ad

कारोबार


लकडाउनले बिकेन खरबुजा, किसान र व्यवसायी मर्कामा

लकडाउनले बिकेन खरबुजा, किसान र व्यवसायी मर्कामा

शैलेन्द्र महतो
जेठ १२, २०७७ सोमबार ३:५३,

ढल्केवरको राजमार्ग छेउमै सजाएर राखिएका खरबुजाको थुप्रोले जो कोहिको पनि मुख रसाउँछ।

पूर्व पश्चिम राजमार्गको ढल्केबरमा जताततै देखिने खरबुजाको थुप्रोको दृश्यले राजमार्ग भएर आउजाउ गर्नेलाई आकर्षित गर्छ। खुद्रा बेच्नका लागि विभिन्न ठाउँबाट ट्रकमै थोक किनेर ल्याइएको खरबुजा व्यवसायीले ढल्केबरमा राजमार्गको दुवै तर्फ सजाएर राखेका छन्।

 ढल्केबर खरबुजा व्यवसायको लागि चर्चित ठाउँ मानिन्छ। राजमार्ग भएर आउने जानेहरुले गाडी रोकेर तरबुज किन्ने गरेको व्यवसायी बताउँछन्। यहाँ गर्मी यामको फागुन, चैत, वैशाख र जेठ महिनासम्म प्रत्यके वर्ष ६० ट्रकभन्दा बढी खरबुजाको व्यापार हुन्छ।

khar

व्यापारीले खरबुजा बेचेर मनग्गे आम्दानी पनि गर्छन्। यसवर्ष पनि व्यापारीहरुले विभिन्न स्थानबाट खरबुजा ल्याएका छन्।

ढल्केबरको सडक छेउमा खरबुजाको थुप्रो छेउमै बसेर ग्राहक पर्खिरहेका छन् रौतहटको माधवनारायाण नगरपालिकाका माधवनारायण चौधरी। गतवर्ष ग्राहकलाई खरबुजा बेच्न उनलाई भ्याइनभ्याई हुन्थ्यो। तर यसवर्ष भने कोरोना महामारी फैलिन नदिन सकारले गरेको लकडाउनको कारण चौधरीले खरबुजा किन्ने ग्राहक पाउन सकेका छैनन्।

‘गत वर्ष यतिबेला बिहानदेखि मध्यरातसम्म ग्राहकलाई खरबुजा बेच्न भ्याई नभ्यार्इ थियो। तर यसपटक लकडाउनको कारण ग्राहक नै आउँदैनन्। किनेर ल्याएको खरबुजा पनि कुहिन थालेको छ,’ चौधरीले भने।

ढल्केबरमा खरबुजा बेच्ने सबैभन्दा ठूला व्यापारी हुन् चौधरी। ढल्केबरमा प्रत्यके विगत वर्ष खरबुजा बेचेर उनले वर्षमा १० लाख रुपैयाँभन्दा बढी नाफा कमाउँथे। यसपटक भने उनले खुद्रा बेच्न किनेर ल्याएको एकट्रक खरबूजा लकडाउनकै कारण बिक्री हुन नसकेर कुहिएर गयो।

100514775 1547185755455998 1318794631932018688 n

चौधरीले साढे ४ लाखमा एकट्रक खरबूजा किनेर ल्याएका हुन्। उनलाई यो वर्ष लगानी पनि निस्कने चिन्ताले सताउन थालेको छ।

‘चैत पहिलो साताको अन्तमा एकट्रक खरबूजा किनेर ल्याएको थिएँ। चैत ११ गते लकडाउन भयो। केहि दिन बजारमा कसैलाई निस्कनै दिएन प्रहरीले। एकट्रक खरबूजा त्यत्तिकै कुहिएर गयो,’ चौधरीले भने, ‘खरबूजा सिजनको अन्तसम्म पनि लगानी उठ्ने अवस्था छैन। यसपटकको व्यवसाय कोरोनाले खायो।’

ग्राहक नआउँदा बिग्रँन लागेको खरबूजा टेम्पो र पिकअपमा गाउँमै लगेर जसो तसो बेच्ने गरेको उनले बताए। व्यवसायीहरुका अनुसार फागुनदेखि जेठसम्म व्यापार हुने खरबूजा ढल्केबरमा भारतको उडिसा, बंगाल, विहारको आलाबा नेपालको झापा, सिरहा र धनुषाबाट ल्याउने गरिएको छ।

व्यवसायी चौधरी जस्तै ग्राहक पर्खिने गरेका छन् ढल्केबरका अर्का व्यापारी मिथिला नगरपालिका ६ का श्याम महतो। श्याम महतोले पनि ढल्केबरमा अन्य वर्षहरुमा दैनिक ६० हजारसम्मको खरबूजा बेच्ने गरेका थिए।

99157953 687126798748846 5699784286010343424 n

तर यसपटक लकडाउनले दैनिक ५ देखि १० हजार रुपैयाँसम्मको तरबुज मुस्किलले विक्री हुने गरेको उनले बताए। ‘कोरोना महामारीको कारण यसपटक खरबूजा व्यापार नै चौपट्ट भएको छ। सबै खरबूजा व्यापारीको उस्तै हालत छ। घर खर्च मात्रै निस्किन्छ होला,’ महतोले भने।

चार महिनामै मनग्य कमाइ हुने गरेकाले चौधरी र महतो जस्ता ढल्केबरका एकदर्जन बढी व्यापारीले खरबूजाको व्यवसाय गर्ने गरेका छन्। खेतबाट थोकमा १२÷१३ रुपैयाँ प्रतिकिलोका दरले किनेर ट्रक भाडा तिरेर ल्याएको खरबुजा व्यवसायीले खुद्रमा २० देखि २५ रुपैयाँमा बेच्ने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .