समाज


नेपाल विश्वविद्यालयले घोषणा गर्‍यो स्नातक तहको शैक्षिक कार्यक्रम

नेपाल विश्वविद्यालयले घोषणा गर्‍यो स्नातक तहको शैक्षिक कार्यक्रम

नेपालखबर
असार ५, २०८३ शुक्रबार १९:५७, काठमाडौँ

नेपाल विश्वविद्यालयले स्नातह तहअन्तर्गतको शैक्षिक कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ। 

विश्वविद्यालयले शुक्रबार एक कार्यक्रम गर्दै शैक्षिक सत्र २०८३/८४ का लागि स्नातक तहमा विद्यार्थी भर्ना सुरु गरेको जनाएको हो। 

विश्वका उच्च शिक्षा प्रणालीसम्बन्धी आधारभूत सिद्धान्त र नवीन मान्यतालाई आत्मसात् गरी नेपालको उच्च शिक्षाका क्षेत्रमा मानव बन्ने उद्देश्यसहित २०८१ मा विश्वविद्यालय स्थापना भएको थियो। २०८१ असोज २३ गते राष्ट्रपतिबाट नेपाल विश्वविद्यालय ऐन प्रमाणीकरण भएको थियो।

स्नातह तहमा भर्ना सुरु गरेको विश्वविद्यालयले छात्रवृत्तिको व्यवस्था गरेको जनाएको छ। विश्वविद्यालयका रजिष्ट्रार सूर्यराज आचार्यले नेपाल गौरव छात्रवृत्ति, योग्यतामा आधारित छात्रवृत्ति, आरक्षित वर्ग छात्रवृत्ति, साझेदार छात्रवृत्ति र अक्षय कोष छात्रवृत्ति प्रदान गरिने बताए। 

उनले योग्य तथा प्रतिभाशाली विद्यार्थीहरूको पहुँच विस्तार गर्न विभिन्न छात्रवृत्ति दिने व्यवस्था मिलाएको जानकारी दिए।

रजिष्ट्रार आचार्यले विद्यार्थी केन्द्रित शिक्षण प्रणाली तथा नवप्रवर्तक र उद्यमशीलतालाई केन्द्रमा राखेर शैक्षिक कार्यक्रम सञ्चालन गर्ने बताएका छन्। 

विश्वविद्यालयले कम्प्युटर एन्ड डेटा साइन्स म्याथम्याट्रिक तथा आर्टिफिसियल इन्टिलिजेन्स, इकोनोमिक्स, फाइनान्स, साइकोलोजी, पोलिटिकल, लिट्रेचरलगायतका विषय स्नातक तहमा सुरु गर्ने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad