ad ad

समाज


कञ्चनपुरमा औषधि बाहेकका पसल नखोल्न प्रशासनको निर्देशन

कञ्चनपुरमा औषधि बाहेकका पसल नखोल्न प्रशासनको निर्देशन

गोकुल जोशी
जेठ ११, २०७७ आइतबार १४:२४,

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कञ्चनपुरमा फेरि लकडाउन कडा पारिने भएको छ। झण्डै एक महिना सुदूरपश्चिममा कोरोना संक्रमण शुन्य भए पछि केही खुकुलो पारिएको लकडाउन पछिल्ला दिनमा संक्रमित बढ्न थाले पछि सोमबारदेखि फेरि कडा पारिएकाे हाे।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आइतबार एक सूचना जारी गर्दै कोरोना संक्रमणको जोखिम अत्याधिक मात्रामा बढ्दै गएकाले अत्यावश्यक औषधि उपचार बाहेक अनावश्यक घर बाहिर निस्किन प्रतिबन्ध गरेको छ। औषधि बाहेक तरकारी, फलफूल तथा खाद्यान्न पसल, बैंक तथा सम्पूर्ण व्यापार व्यवसाय अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि पूर्ण रुपमा बन्द गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले बताए।

‘भारतबाट आउने मानिसको संख्या धेरै भयो, यसलाई व्यवस्थापन गर्न सकिएन, यसले संक्रमण जोखिम बढाएकाले लकडाउनमा कडाई गरिएको छ’ उनले भने।

वैशाख २७ गतेदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले लकडाउन केही खुकुलो गर्दै तोकिएका स्वास्थ्य सुरक्षा उपाय अपनाएर खाद्यान्न, फलफूल, तरकारी र दुग्धजन्य पदार्थलगायत अत्यावश्यक सामाग्री बिक्री गर्ने पसल खोल्न अनुमति दिएको थियो।

लकडाउन खुकुलो पारिए पछि बजार क्षेत्रमा भिडभाड हुन थालेकाले संक्रमणको जोखिमलाई मध्यनजर गर्दै फेरि लकडाउन कडाई गरिएको हो।

एक महिना यता नयाँ संक्रमित नदेखिएको सुदूरपश्चिममा भारतबाट उद्धार गरी ल्याइएकासहित १५ जनामा संक्रमण देखिएको छ। तीमध्ये कैलालीका चार र कञ्चनपुरका एक गरी पाँच जना निको भएर घर फर्किसकेका छन्।

सेती प्रादेशिक अस्पतालमा चार जना, टिकापुर अस्पताल कैलालीमा तीन जना, जिल्ला अस्पताल बैतडीमा एक र डडेल्धुरा अस्पतालमा एक जना गरी सुदूरपश्चिमका कोरोना संक्रमितको अहिले चार वटा अस्पतालमा उपचार भइरहेको छ।

भोलिदेखि गड्डाचौकी नाका खुल्ने
भारतमा अलपत्र परेकाहरुको उद्धारका लागि नेपालको पश्चिमी सिमानाका गड्डाचौकी खोल्न लागिएको छ। आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले भारतका विभिन्न ठाउँमा अलपत्र परेकाहरूलाई उद्धारका लागि सोमबार (भोली)देखि गड्डाचौकी नाका खाेल्ने निर्णय गरेकाे हो।

गड्डाचौकी नाका पूर्णरूपमा बन्द हुँदा लुकीछिपी नेपालीहरू भित्रिन थालेका छन्। त्यो अवैध कार्य रोक्न भन्दै गड्डाचौकी नाका खोलेर उनीहरूको उद्धार गर्न लागिएको हो। उद्धार गरिएकाहरूको स्वास्थ्य परीक्षण गरेर उनीहरूको स्थायी क्षेत्रमा पठाइने प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .