स्याङ्जाको वालिङमा खाना पकाउने क्रममा प्रेसर कुकर पड्किँदा एक महिला घाइते भएकी छन्।
स्याङ्जाको भिरकोट नगरपालिका–९ घर भई हाल वालिङ नगरपालिका–९ भुम्रे स्थित गोपाल पौडेलको घरमा डेरा गरी बस्ने वर्ष ६४ की श्रृजना गुरुङले घरको छतमा दाउरामा खाना पकाउने क्रममा अचानक प्रेसर कुकर पड्केको हो।
अनुहार र छातीमा पोलेको छ भने मुखमा चोटलागेको छ। घाइते गुरुङलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार पछि थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखराको लागि रिफर भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया