ad ad

कारोबार


पूर्व राजाको तस्बिर अंकित नोट नचलाउन राष्ट्र बैंकको निर्देशन

पूर्व राजाको तस्बिर अंकित नोट नचलाउन राष्ट्र बैंकको निर्देशन

नेपालखबर
जेठ ११, २०७७ आइतबार १३:५९,

नेपाल राष्ट्र बैंकले पूर्वराजाको तस्बिर अंकित नोट नचलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।
राष्ट्र बैंकद्वारा जारी निर्देशनमा पूर्वराजाको तस्बीर अंकित नोटलाई बैंकबाट पुनः निष्काशन अयोग्य नोटको रुपमा वर्गिरकरण गर्न र त्यस्ता नोटलाई चलनचल्तिमा नपठाउन भनिएको छ।

त्यस्ता नोट आएको खण्डमा बैंकले रातो रंङको स्लिप प्रयोग गरी त्यस्ता नोटलाई नोट कोष तथा राष्ट्र बैंकमा जम्मा गर्नुपर्ने छ। अहिले सर्वसाधारणसँग भएका राजा अंकित नाेट बैंकले लिन सक्नेछ भने ति नोट नोट कोषमा जम्मा गर्नुपर्नेछ।

साथै झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाई बिग्रेको, नोटमा रहेका अक्षर, अंक, चित्र तथा सुरक्षण विशेषताहरु नबुझिने वा नबुझिने गरि रंग लागेको वा च्यातिएको नोटलाई पनि सोही प्रक्रिया अपनाउन राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .