संक्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले अन्य व्यक्तिलाई टोकेमा कोरोना नसर्ने विज्ञले बताएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म लामखुट्टेको टोकाइबाट कोरोना भाइरस सरेको नपाइएको बताए।
कोरोनासम्बन्धी सर्वसाधारणले सोधेको प्रश्नको जवाफ दिँदै प्रवक्ता देवकोटाले कोरोना भाइरस लामखुट्टले सार्छ भन्ने कुरा अप्रमाणित भएको बताए।
उनले कोरोना भाइसर स्वासप्रस्वाससँग सम्बन्धित जीवाणु भएका कारण संक्रमित व्यक्तिले खोक्दा हाछ्यू गर्दा निस्केका थुकका छिटाबाट सर्ने बताए।
‘नयाँ यो कोरोना भाइरस स्वास्प्रस्वाससँग सम्बन्धित जीवाणु हो, जो मुख्य रुपले संक्रमित व्यक्तिले खोक्दा, हाछ्यु गर्दा त्यसबाट निस्केका थुकका छिटाबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ’, प्रवक्ता देवकोटाले आइतबारको प्रेस ब्रिसिफङमा भने।
उनले कोरोनाबाट आफूलाई जोगाउन बारम्बार हात धुने, मास्कको प्रयोग गर्ने, हाछ्यु गर्दा वा खोेक्दा कुहिनाको प्रयोग गर्न उनले सुझाव दिए।
उनले लामखुट्टेको टोकाइबाट मलेरिया, डेंगुजस्ता रोग सर्ने भन्दै उनले सचेत हुन र सतर्कता अपनाउन सुझाब दिए। उनले गर्मीको समयमा यी रोगको प्रकोप हुने बेला भएका कारण पनि लामखुट्टेको टोकाइबाट जोगिन झुलको प्रयोग गर्न, घर वरिपरिका खाल्डाखुल्डी पुर्न र ढोका तथा झ्यालमा जाली लगाउन समेत उनले सुझाब दिए।

प्रतिक्रिया