ad ad

समाज


लकडाउन खुकुलो बनाउँदै जाँदा भारतमा हालसम्मकै उच्च संख्यामा कोरोना संक्रमित थपिए

लकडाउन खुकुलो बनाउँदै जाँदा भारतमा हालसम्मकै उच्च संख्यामा कोरोना संक्रमित थपिए

नेपालखबर
जेठ ११, २०७७ आइतबार ७:११,

भारतमा गएको २४ घण्टामा ६ हजार ७०० कोरोना संक्रमित थपिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सोही अवधिमा भारतमा १४७ को ज्यान गएको छ।

भारतमा शनिबार पनि ६ हजारकै संख्यामा कोरोना संक्रमित थपिएका थिए। शनिबार ६ हजार ६५४ कोरोना संक्रमित थपिएक थिए।

यस संख्या त्यसअघिकै उच्च वृद्धि दर थियो। आइतबारको कोरोना संक्रमृतको वृद्धि दर भने हालसम्मकै उच्च हो।

नयाँ कोरोना संक्रमित थपिएसँगै त्यहाँ एक लाख ३१ हजार ८६८ मा कोरोनाको संक्रमण पुष्टि भएको छ। कोरोनाबाट भारतमा ३ हजार ८६७ को मृत्यु भइसकेको छ।

भारतमा संक्रमितमध्ये ५४ हजारभन्दा बढी उपचारपछि स्वस्थ बनेका छन्।

भारतले लकडाउन खुकुलो बनाउँदै जाँदा त्यहाँ तीव्र गतिमा कोरोनाको संक्रमण फैलिरहेको छ।

भारतले यसै हप्ताबाट आन्तरिक उडान खुलाउँदै छ भने आगामी दश दिन भित्र २ हजारभन्दा बढी रेल संचालन गर्दैछ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .