ad ad

समाज


शनिबार दिउँसोसम्म नेपालमा ८६ हजारको आरडीटी र ४६ हजारको पीसीआर परीक्षण

शनिबार दिउँसोसम्म नेपालमा ८६ हजारको आरडीटी र ४६ हजारको पीसीआर परीक्षण

नेपालखबर
जेठ १०, २०७७ शनिबार १२:५१,

सरकारले कोरोनाको संक्रमण फैलन नदिन परीक्षणको दायरा बढाउँदै लगेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट कूल ४५ हजार ९५७ परीक्षण गरिएको छ। यस्तै आरडीटी विधिबाट ८६ हजार २३५ परीक्षण गरिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्रै तीन हजार ४९४ पीसीआर र आरडीटी विधिबाट चार हजार ११९ परीक्षण भएको छ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार प्रदेशगत आधारमा प्रदेश १ मा १० हजार १६९, प्रदेश २ मा ६ हजार ३०८, वाग्मती प्रदेशमा २१ हजार ७१२, गण्डकी प्रदेशमा सात हजार ७०१, प्रदेश ५ मा ११ हजार ४८९, कर्णाली प्रदेशमा नौ हजार ३९ र सुदूरपश्चिम प्रदेशमा १९ हजार ८१७ जनाको आरडीटी परीक्षण गरिएको छ।

क्वारेन्टाइनमा रहेकाको संख्या ३२ हजार ५८७ छ। त्यसमा प्रदेश १ मा एक हजार ४६१, प्रदेश २ मा ६ हजार ९१०, बागमती प्रदेशमा ५३५, गण्डकी प्रदेशमा ७७९, प्रदेश ५ मा १७ हजार १३०, कर्णाली प्रदेशमा एक हजार ६७० र सुदूरपश्चिम प्रदेशमा चार हजार १०२ रहेका छन्।

आइसोलेसनमा रहेकाको सङ्ख्या ५०८ रहेको छ। प्रदेश १ मा ६०, प्रदेश २ मा १६६, बागमती प्रदेशमा २२, गण्डकी प्रदेशमा तीन, प्रदेश ५ मा २४७, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा नौ जना रहेका छन्। यस्तै कोरोनालाई जितेर घर फर्कनेको संख्या ७० रहेको छ।

पछिल्लो २४ घण्टामा ७०८ जनाले मन्त्रालयले सञ्चालनमा ल्याएको वेबपेज र एपमा मात्रै ७०८ जनाले आफ्नो विवरण भरेका छन्। सो विवरण भर्नेमा पाँच जना रेड जोनमा परेका छन् । रेड जोनमा परेकाको जाँच पड्ताल शुरु गरिसकिएको प्रवक्ता डा देवकोटाले जानकारी दिए। उनका अनुसार हालसम्म एप र वेब पेजमा विवरण भर्नेको सङ्ख्या ४७ हजार ९६९ पुगेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .