समाज


रोकिएको ट्रकमा तीव्र गतिको मोटरसाइकल ठोकिँदा चालकको मृत्यु

रोकिएको ट्रकमा तीव्र गतिको मोटरसाइकल ठोकिँदा चालकको मृत्यु

फाइल फोटो


नेपालखबर
जेठ २६, २०८३ मंगलबार ११:२२, काठमाडौँ

दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ।

आज बिहान लमही नगरपालिका–५ रातोडाँडामा रोकिराखेको ना.५ख ९३३६ नम्बरको ट्रकको पछाडि मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा लु.१२प ९८४० नम्बरको मोटरसाइकल चालक लमही नगरपालिका–७ हसनापुर निवासी अन्दाजी ३७ वर्षीय जीवन गिरी छन्।

दुर्घटनामा गम्भीर घाइते भएका गिरीलाई उपचारका लागि लमही अस्पताल लगिएको थियो। 

उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। 

मोटरसाइकलको पछाडि सवार अन्दाजी ३२ वर्षीय धनिराम चौधरी दुर्घटनामा घाइते भएका छन्। उनको हाल राप्ती स्वास्थ्य विज्ञान प्रतष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

तीव्र गतिको कारण मोटरसाइकल दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad