समाज


महोत्तरीमा मध्यराति डाका समूहले चलाएको गोली लागेर ससुराली गएका ज्वाइँ र छोरी घाइते

महोत्तरीमा मध्यराति डाका समूहले चलाएको गोली लागेर ससुराली गएका ज्वाइँ र छोरी घाइते

फाइल फोटो


नेपालखबर
जेठ २०, २०८३ बुधबार १०:१, काठमाडौँ

महोत्तरीमा डाँका समूहको गोली प्रहारबाट पतिपत्नी घाइते भएका छन्।

गएराति महोत्तरीको सोनमा गाउँपालिका-३ खखना निवासी राम विश्वास यादवको घरमा आएका डाकाहरूले चलाएको गोली लागेर यादवका छोरीज्वाइँ गम्भीर घाइते भएका हुन्। 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी पञ्चलाल गोलेका अनुसार ५/६ जनाको समूहका डाँकाले गोली प्रहार गर्दा रामविश्वासका ज्वाईं २७ वर्षीय ईश्वर यादव र छोरी २२ वर्षीया किरण यादव घाइते भएका छन्। 

गोली लागेर गम्भीर घाइते भएका उनीहरूको अहिले जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ। 

घटनाबारे प्रहरीले बुधबार बिहान मात्रै जानकारी पाएको हो। घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको र घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

‘मंगलबार राति घरभित्र प्रवेश गरी ५/६ जनाको अपरिचित समूहले लुटपाट गर्न थालेपछि उनीहर"सँग प्रतिवाद हुँदा गोली प्रहार भएको हो,’ डीएसपी गोलेले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad