पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक आज बुधबार सार्वजनिक कार्यक्रममा सहभागी हुँदै छन्।
एमालेको केन्द्रीय संगठन विभागले आज काठमाडौँको बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना गर्ने राष्ट्रिय कार्यशालामा सहभागी हुने भएका हुन्।
अध्यक्ष ओलीले अहिले बिहान ११ बजे कार्यशाला उद्घाटन गर्ने कार्यक्रम छ।
‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयमा आयोजना हुने कार्यशाला २ दिनसम्म चल्ने एमालेले जनाएको छ।
स्वास्थ्य समस्यासहित विभिन्न कारण एमाले अध्यक्ष ओली गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनयता सार्वजनिक कार्यक्रममा निस्किएका थिएनन्।
105
Shares

प्रतिक्रिया