समाज


६ कार्टुन अवैध मदिरा र लागुऔषध बरामद

६ कार्टुन अवैध मदिरा र लागुऔषध बरामद

नेपालखबर
जेठ ९, २०७७ शुक्रबार ११:५६,

सशस्त्र प्रहरी टोलीले रुपन्देहीबाट विभिन्न किसिमका लागुऔषध बरामद गरेको छ। वेवारिसे अवस्थामा रहेको स्पास्मो प्रोक्सिभन क्याप्सुल ५ सय ४८ वटा, कोडिन २० बोतल र ७ वटा म्यानफोर्स ट्याब्लेट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पजरकट्टिबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो।

बरामद लागुऔषध स्थानीय प्रहरीलाई बुझाएको सशस्त्रले छ।

मदिरा बरामद
यता, रौतहट जिल्लाको राजदेवी नगरपालिका ८ लक्ष्मिपुर स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीब एक लाख तीन हजार रुपैयाँ बराबरको चोरीपैठारी तथा चोरीनिकासीको सामान बरामद गरेको छ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको किराना सामान तथा बीउबिजन र नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको ६ कार्टुन मदिरा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बेलविछवाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो। बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय गौरमा बुझाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad